लघुकथाः कुटाइ काण्ड
– रमेशचन्द्र घिमिरे
समाचारपत्रमा समाचार छ्याप्छयाप्ती छः ‘डाक्टर कुटिए ।‘
‘बिरामीका आफन्तद्वारा डाक्टरमाथि निर्घात कुटपिट …‘
‘वडाध्यक्षले नै डाक्टर कुटे ।‘
डाक्टरहरूलाई सह्य भएन । बिरामीको उपचार गर्दा तलमाथि पर्यो भने डाक्टरमाथि नै हातपात हुने भएपछि डाक्टरहरूको सल्लाह भयो-‘हामी कति सहने, न्याय र सुरक्षाका लागि हामी पनि आन्दोलन गरौँ ।‘
कुटाइ नखान डाक्टरको आन्दोलन, हड्ताल र नाराबाजी चलिरहेको थियो । त्यहाँ पनि डाक्टरहरू सुरक्षाकर्मीबाट कुटिए ।
—————————————————
२०८०-०६-०९ लमजुङ
ताजा समाचार
लोकप्रिय
TOP