ओलाङचुङगोलामा गाउँ भेलाबाटै चुनिए वडाध्यक्ष र सदस्य, चुनाव नहुने – Sarangi News

ताप्लेजुङ । देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि माारामार चलिरहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलाबाट भने गाउँ भेलाले जनप्रतिनिधि चयन गरेको छ । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाको वडाध्यक्ष छेतेन शेर्पा चुनिएका छन् भने सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक चयन भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरेका थिए । तर, पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै उनीहरूले बाँडेर सर्वसम्मति गरेका हुन् । वडाध्यक्षमा चयन भएका शेर्पा एमालेमा आबद्ध छन् ।

वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको भोटेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP