आइमाई अर्थात उप ! – Sarangi News

आइमाई अर्थात उप ! – बलराम तिमिल्सिना 
******

आजसम्म
तिम्रो भूमिका उपकै छ !

तिमी घरमा उप
तिमी समाजमा उप
तिमी गाउमा उप
तिमी सहरमा उप
विद्यालय, मठ मन्दिर
अड्डा अदालत
सबै स्थानमा तिम्रो दर्जा उप !

तिमी आधा मान्छे
त्यसैले तिमी उप
समाजवादउन्मुख गणतन्त्रमा पनि
तिमी निगाह बक्सले उप !

जहिलेसम्म
तिमी विद्रोह गर्ने छैनौ
तिम्रो उप भूमिका प्रति
र कृतज्ञतापूर्वक भनिरहने छ्यौ-
थ्याङ्क यु पुरुष महोदय
तहिलेसम्म तिमी
दोश्रो दर्जाकी मान्छे
आइमाई अर्थात उप ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP