धौलागिरी गाउँपालिका प्रमुख, को हुन् थमसरा ? किन दिने भोट ? – Sarangi News

मैले जे चाहे त्यो पाएँ । तर त्यसको लागि मैले के के गर्नु पर्‍यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो । ( रुजवेल्ट

मानिसले गर्न नसक्ने काम केही छैन् तर गर्नलाई मानिसमा दृढ इच्छा शक्ति र साहसको आवश्यकता पर्छ । जति रहर गरे पनि । जति इच्छाको पोयो फुकाए पनि । समय अगावै केही नहुने  भने रहेछ । उतिवेला समाजमा छोरीलाई पढाउनु हुँदैन भन्ने सोच, चिन्तनले ग्रसित थिएछ । छोरीलाई पराइको ‘नासो’ सम्झिने समाजमा उनले जिद्दी गरेर कक्षा ५ सम्म पढ्न सफल भईन् । यो उनको समाज र व्यवस्था विरुद्धको पहिलो लडाँई थियो । उनलाई त्यतीबेला कान्छो दाइको साथ थियो । दाइलाई अर्को गाउँमा विद्यालय पढ्न पठाउँदा उनलाई परिवारले लेकतिर भेडीगोठमा पठाएको थियो । “म एक दशक भेडीगोठमा बस्दा मैले विद्यालय गएर पढेको कल्पना गर्थे । मेरो मन भित्र पढ्ने इच्छा ताजा र जागा थियो । पढ्ने धोको नहराएकै कारण म २०५० सालमा २३ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भएँ ।” आफ्नो विगत बोल्दै गर्दा उनका आखाँ रसिला भए । म पनि अलिक भावुक भएँ ।

को हुन् थमसरा ?
एसएलसीपछि सीएमए पढेर केही समय सामाजिक परिचालकको जागिर खाइन्। तर, हाकिम चित्तबुझ्दो नभएपछि जागिर छाडेर उच्च शिक्षा पढ्न काठमाडौं आइन्। पद्मकन्या क्याम्पसमा भर्ना भएर एसएलसीमा दुई पटक लागेको विषय गणित नै पढिन्। प्रमाणपत्र तह उत्तीर्ण गरेर स्नातक पढ्न शुरू गर्दै गर्दा गाउँमा राहत दरबन्दीमा पढाउन थालिन् । शिक्षण पेशा गर्दै धवलागिरी क्याम्पसबाट स्नातक अध्ययन गरिरहँदा प्रस्तावित माध्यमिक विद्यालयको प्रधानाध्यापक बन्नुपर्ने प्रस्ताव आयो। लोकसेवा भिडे, निजामतीको जागिर खाने इच्छा थियो । तर, गाउँमा प्रअ बन्ने मान्छे नभएर उनी नगए विद्यालय प्रावि तहमा झार्नुपर्ने सामाजिक परिबन्द आइपरेपछि उनले स्वीकार गरिन् । तीन वर्ष प्रअ चलाइन् फेरी उनलाई सामाजिक तथा राजनैतिक अवसर र चुनौति एकै पटक आयो । त्यो पनि उनले सर्हस स्वीकार गरिन् । १० वर्षे शिक्षण पेशालाई विट मारिन् । नेकपा एमालेले २०७४ मा उनलाई धौलाागिरी गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनायो । चुनाव प्रचारमा जाँदा ठूलो सपना नसुनाई धरातलीय यथार्थ हेरेर तिनै आधारभूत पूर्वाधार बनाउने प्रतिबद्धता जनाइन् । उनले सुनाएका साना–मसिना सम्भव सपनामै विश्वास गरेर मतदाताले उनलाई गाउँपालिका अध्यक्षमा जिताए । पहिलोपटक भेडिगोठदेखि सरकार प्रमुख हुने कर्मठ र साहसी नारी हुन् थमसरा पुन ।

थमसराको इच्छा ः संमृद्ध पालिका
धौलागिरी गाउँपालिकालाई संमृद्ध बनाउन र महिला आन्दोलनलाई सार्थक बनाउन भन्दै दोस्रो पटक पालिका प्रमुख बन्ने दौडमा छिन् थमसरा पुन । कैयुँ दिदिबहिनीको रोलमोडल, सबैसँगको सरल व्यवहार, सहयोगी भावना र असल स्वभावका कारण उनी धौलागीरिमा लोकप्रिय छिन् । दिनरात सेवाभावका साथ जनताकै माझमा रहने पुनको आमा दिर्का पुन र बाबा कविराज पुनको कोखबाट २०२८ सालमा जन्म भएको हो । २०४४ सालमा खिबाङ आमा समुहको सचिवबाट सामाजिक सेवामा प्रवेश गरेकी पुन राजनीति र शिक्षा क्षेत्रमा एकैपटक प्रवेश गरेकी हुन् । २०६३ सालमा शिक्षक सेवामा प्रवेश गरेकी पुन सात वर्ष पछि चन्द्र ज्योति माविको प्रधानाध्यापक भएर तीन वर्ष विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सक्रिय भइन् । भने राजनीतिमा पनि सोही अवधिमा सागठनिक सदस्याता लिइन् २०६५ मा पाटिको जिल्ला कमिटी सदस्यमा छलाङ मारिन् । प्रौढ शिक्षा सहजकर्ता, महिला स्वयम्सेविका हुँदै २०५४ सालमा तत्कालिन मुदि गाँउ विकास समितीबाट निवार्चत वडा सदस्य भएर जनताको सेवामा लागेकी धौलागिरीकै चिरपरिचित व्यक्तित्व पालिका प्रमुख बन्ने दौडमा रहेकाले अन्य पार्टिका नेताहरुमा खौला बौला मचिएको छ ।

उनको लोकप्रियताले उनि धौलागिरि गाउँपालिकाको प्रमुख पदमा राम्रौ मतले पुन जीत हसिल गर्ने आंकलन छ । उनले जीत हासिल गरेमा शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, पूर्वधार विकास र महिला उद्यम, युवा रोजगार एवं समृद्धिको लागि काम गर्ने उनको भनाई रहेको छ । नेकपा एमालेको तर्फबाट प्रमुखमा दोस्रोपटक सिफारिस भएकी पुनले भनिन् “नेपालमा संघियताको पहिलो अभ्यास भएकाले पहिलो दुई वर्ष सिक्दै वित्यो । त्यसपछि बाढी पहिलो आयोे । कोराना आयो । काम गर्ने बातावरण नै भएन । घोषणा पत्र अनुसारका काम गर्ने इच्छा र चाहाना हुँदा हुँदै पनि सोच जस्तो काम गर्न सकिएन” पुनले भनिन् दुर दराजमा भएका जनताको मागमा आधारित थुप्रै मागहरु, थुप्रै योजनाहरु संबोधन हुन बाँकी नै भएकाले मैले दोस्रो पटक उमेदवारी दिएँ ।

तीता विगत ः मिठा पीर
२०५४ सालमा वडा सदस्य बन्दा उनले राजनीति गरुँला र यति ठूलो पदमा पुगुँला भन्ने सोचेकी पनि थिइँनन्। २०७४ मा गण्डकीका चार जना महिला प्रमुखले पुरुषलाई चुनावमा हराएका थिए । थमसरा तिनै मध्येका उदाहरणीय अध्यक्ष हुन् । ‘सजिलो त पक्कै थिएन। चुनौतीको पनि कुरै छोडौं, केन्द्र विवाददेखि जनतालाई चाहिने कार्यालय र पूर्वाधार थिएन। त्यस्तो बेला सरकार चलाउन त सजिलो छँदै छैन थिएन । दुःखबाटै पाँच वर्ष बित्यो,’ दोस्रो पटक चुनावी मैदानमा होमिएकी थमसराले आफ्नो अनुभव यसरी सुनाइन्, ‘मैले चुनौती र अवसर दुवै हिसावले लिएँ। त्यहि काम पुरुषले गर्न नसक्दा विचरा गर्न सकेन भन्छन्। त्यहि प्रकृतिको काम महिलाको ठाउँमा भए महिला त हो, के गर्न सक्थी भनेर आलोचना गर्छन्।’ चुनौतीकै चाङबाट आफूले पालिकाभित्र केही आशालाग्दा र नागरिकले सम्झन लायक काम गरेको दाबी गर्छिन्, थमसरा।

मेरा अघिल्लो चुनावमा जनतासामु गरेका केही वााचाहरु अझै पुरा भएका छैनन् । महोत्वकाँक्षी योजनाहरु संचालित छन् ती सबै पुरा गर्न अर्को कार्यकाल अध्यक्ष बन्ने हुटहुटी साँचेर चुनावी मैदानमा होमिएकी थमसरले भनिन् ‘म निर्वाचित भएको बेला विद्युत् प्रशारण लाइन सिमानासम्म पनि पुगेको थिएन। हाम्रो पालिकामा सडक कालोपत्रे र ढलान त सम्भव थिएन। वर्षमा गाडी चलाउने बाचा जनतासँग गरेका थियौं। मैले त्यो पूरा गरेको छु,’ उनले थपिन्, ‘शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याएका छौं। हाम्रो पालिका सामान्य सिटामोलका लागि पनि २–३ घण्टा हिँडेर जानुपर्ने बाध्यता भएको गाउँहरूले भरिएका छन्। त्यहाँ जनसंख्याको आधारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौँ। औषधि र कर्मचारीको व्यवस्था गरेका छौँ। सामान्य बालविकासको शिक्षा पाउन पनि घण्टौं लगाएर जानुपर्ने अवस्था छ। त्यस्ता बालबालिकालाई आवासीय विद्यालय चलाएका छौं। यो धेरैपछि नागरिकहरुले सम्झने छन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP