भारतले अतिक्रमण गरेको तिंकर र छाङरुमा पुग्यो निर्वाचन टोली – Sarangi News

भारतले अतिक्रमण गरेको दार्चुलाको दाबी, गुन्जी र कुटी गाउँनजिकै रहेका तिंकर र छाङरूमा मतदान गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ ।

व्याँस गाउँपालिका– १ स्थित मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा मतदान अधिकृत मोहनसिंह धामी र कैलाशपति आधारभूत विद्यालय छाडरूमा मतदान अधिकृत चन्द्रदेव जोशी नेतृत्वको ६ जनाको टोली सोमबार बिहानै खलंगाबाट सेनाको हेलिकोप्टरमा उडेका हुन् ।

तिंकरमा दुई सय ३१ र छाडरूमा तीन सय ६५ मतदाता छन् । ६ महिना खलंगा र ६ महिना गाउँमा बस्ने यहाँका नागरिक निर्वाचनका लागि गाउँ उक्लिन थालेका छन् । नेपालतर्फको बाटो बिग्रिएकाले भारतीय बाटो प्रयोग गरेर जाँदै छन् ।

स्याटेलाइटबाट जनगणना गरिएको अतिक्रमित नाबी, गुन्जी र कुटीमा भने निर्वाचन नहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP