म्याग्दीका ५ स्थानीय तहमा मतगणना सुरु, बेनीमा कस्को होला पल्ला भारी ? – Sarangi News

बेनी । बेनी नगरपालिका सहित म्याग्दीका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ । आज विहान सर्वदलीय वैठक बसेपछि जिल्ला समन्वय समतिको सभाहलमा वडा नम्बर १ रत्नेचौरबाट मतणना थालिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका मंगला,मालिका,रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा मतगणना सुरु भएको छ । यता धौलागिरि गाउँपालिकामा भने वडा नम्बर १ गुर्जाको मतपेटिका पदैल मार्गबाट साँझ सम्म मात्र निर्वाचन अधिकृतको कार्यालय मुनामा ल्याइने जानकारी प्राप्त भएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभर ८५ हजार ३ सय ७५ जना मतदाता रहेकोमा ५६ हजार ५८३ जनाले मात्र मतदान गरेका छन् । कुल मतदाताको ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । जसमा महिला ३० हजार ३२ रहेका छन् भने पुरुष २६ हजार ५१० जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP