मध्यनेपालमा मतगणना १ घन्टा स्थगितपछि पुनः सुचारु – Sarangi News

भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना करिब १ घन्टा स्थगित भएपछि पुनः सुचारु भएको छ । बिहान ९ बजेपछि सुरु भएको मतगणनामा वडा नम्बर १ र १० को गणना जारी रहँदा राजनीतिक दलका प्रतिनिधिहरूको विषयलाई लिएर गणना स्थगित भएको थियो ।

राप्रपा र स्वतन्त्रका नाममा एमालेका व्यक्तिहरूलाई प्रतिनिधिका रूपमा मतगणनास्थलमा लगिएको भन्दै गठबन्धनका प्रतिनिधिहरूले विरोध जनाएपछि गणना स्थगित भएको स्रोतले जनाएको छ । ती व्यक्तिहरूलाई बाहिर निकालिएपछि मतगणना पुनः सुचारु गरिएको जनाइएको छ ।

पछिल्लो परिणामअनुसार ६०० मत गन्दाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका रमेशकुमार पाण्डेले ३०३ र नेकपा (एमाले) का राजकुमार श्रेष्ठले २८८ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपेन्द्र अधिकारीले २४६ र नेकपा (एमाले) की सीता गुरुङले २९३ मत पाएकी छिन् ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा मध्यनेपाल नगरपालिकाका १० ओटै वडामा गरी जम्मा मतदाता सङ्ख्या २० हजार ९२ मध्ये १३ हजार ७५१ अर्थात् ६८.४४ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP