कमरेड सतिसालको कविता- भोटको आयु – Sarangi News

भोटको आयु
—————

एक क्षण
सार्वभौम मालिक बाँच्दछ भोट

अर्को क्षण
जाँच्न शुरुहुन्छ उसको इन्चीइन्ची आयु

गडगडाहट तालीपछि
सक्किजान्छ भोटको परिचय
सकिन्छ भोटको सार्वभौम आयु

अन्ततः
भोटकै टाउकोमाथि टेकेर
उदाउँछ एउटा नव शासक

शासकले बनाउँछ
आफ्नो अनुकूलताको सत्ता
र बाँच्दछ शासकीय आलीशान जीवन

दिवङ्गत भोटहरू
निराशाको पार्थिव शरीर बोकेर
फर्किन्छन् पूर्ववत्
र गरिरहन्छन्
कान्लोमुनि ट्वारट्वार ट्वारट्वार

र, भोट फेरि कुरिबस्छ
अर्को पाँच वर्षे लामो गौँडा
ता कि
फेरि ऊ अर्को एक क्षण
सर्वभौम मालिक बाँच्न सकोस्

*******

– कृष्ण विश्वकर्मा ‘कमरेड सतिसाल’
भरतपुर महानगरपालिका-११, चितवन

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 170 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

  अषोज ९, २०८० मंगलबार 26 Views

सम्झना थापा मगरका रोज्जा मुक्तक

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP