राङखानीमा एमाले ‘क्लिन स्विप’, गठबन्धनको भारी मतान्तरले प्यानलनै विजयी – Sarangi News

प्रकाश अधिकारी

जैमिनी । जैमिनी नगरपालिका -१०, राङखानीमा एमाले ‘क्लिन स्विप’ भएको छ ।  गठबन्धनको भारी मतान्तर सहित प्यानलनै विजयी भएको छ  ।

गठबन्धनको तर्फबाट मेयर पदका उमेदवार राष्ट्रिय जनमोर्चाका नर बहादुर पुनले अत्याधिक मत प्राप्त गरेका छ्न् । उनले १ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानाले ३ सय ४१ मत प्राप्त गरेका छन् । प्रमुखमा ६२ मत बदर भएको छ ।
त्यस्तै उप-प्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले लोकप्रिय मत ल्याएका छन् । शर्माले १ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी उषा पौडेलले ३ सय १५ मत प्राप्त गरेका छिन् ।
राप्रपाको चिना केसीले २ मत पाएर खाता खोलेकी छिन् । उपप्रमुखमा १२५ र  पुर्ण बदर मत संख्या १०  सहित ३४९ रहेको छ । रङ्खानीमा  १८.०६ प्रतिशत मत बदर भएको छ ।

राङ्खानीमा एमाले ‘क्लिन स्विप’

राङ्खानीमा अत्याधिक मतान्तरले गठबन्धनको पुरै प्यानल बिजयी भएको छ । गठबन्धनका तर्फबाट वडा अध्यक्षमा श्रीप्रसाद थापाले १ हजार ४ सय १९ मत ल्याउंदा एमालेले ३ सय ४४ मत मात्रै लिएको छ । त्यस्तै महिला सदस्य सीता बिक , दलित महिला सदस्य, सीता नेपाली , वडा सदस्यमा भरत कुमार श्रीस र फडिन्द्र थापाले लोकप्रिय मत ल्याएर बिजयी भएका छ्न । राङखानीमा १ हजार ९ सय ३२ मत खसेको थियो । अहिले जैमिनी ९ पैंयूमा मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP