जैमिनी नगरको मेयरमा पुन र उपमेयरमा शर्मा भारी मतान्तरले विजयी , – Sarangi News

कुश्मिसेरा – जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन् । पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानालाई ५ हजार ८ सय ८२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

पुनले ८ हजार ७ सय ५५.मत प्राप्त गरेका छन भने रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् ।

शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उषा पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।

नगरपालिकामा नेपाली काँग्रेसले वडा न. १ कुश्मीसेरा, २ दमेक, ५ बिनामारे, ७ जैदी र ८ छिस्ती गरि पाँच वटा वडा अध्यक्ष जित हाँसिल गरेको छ भने माओवादी केन्द्रले वडा न. ३ दमेक र वडा न. ६ अर्जेवा जित हाँसिल गरेको छ । नेकपा एकीकृत समाजबादीले वडा नं ४ सर्कुवा जितेको छ भने राष्ट्रिय जनमोर्चाले वडा न. १० राङखानी र नेकपा एमालेले वडा वडा न.९ मा जित हाँसिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP