साया किरणको कविता : रजस्वला एक नयाँ युगको सुरुवात – Sarangi News

रजस्वला एक नयाँ युगको सुरुवात- साया किरण

म युग जन्माइरहेछु
तिमि मलाइ छाउमा थुनिरहेछौ
एउटा युग जन्माउने मान्छेलाई !
मेरो रगत बगिरहेछ
तिमी मलाइ लाजको व्यंग भिराइरहेछौ
त्यही रगत ? जसमा तिमिले जीवन पायौ !

छाउको चिसोले मरिरहे म
मरिरहे सर्पको डसाइले
त्यो भन्दा धेरै मरे म
समाजको डसाइले
बलात्कार र हेय सहितको जीवन बाचेर मरे
कहिले मरेर बाँचिरहे
कहिले बाँचेर मरिरहे

अब मलाइ स्विकार्य छैन यो ढोङी रितिरिवाज
म बन्धन तोड्दै छु,
सदियौँ देखि मलाइ जेलेर राखेको दासताको बन्धन

म महिला हुँ
रजस्वलामा योनिबाट रगत मात्र बग्दैन महाशय
पाठेघर हुँदै आगोको फाल्सा बग्छ
ज्वालामुखी बग्छ र बग्छ एउटा नयाँ युग
प्रत्येक महिना मरेर बाचेकी म
जब मर्न बिर्सिदिने छु
जब मेरो रगत बग्न रोकिने छ
तब रोकिने छ यो युग
रोकिने छ मानव विकासक्रम
अब भन महाशय यो युग कसले जन्मायो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP