‘सरकार ! म आउदैछु पापी, बलात्कारीको शिर लिएर’ – Sarangi News

आजको गजल : कल्पना भुसाल ” कल्पित”

उजाडिएको जिवन मनमा औधी पिर लिएर
हिडिरहेको छु अभागी आफ्नै तक्दिर लिएर

आमा रुँदैछिन छोरो शहर पसेको दिनदेखी
छोरो पागल हुँदैछ प्रेमिकाको तस्बिर लिएर

सरकार तिमी ढक राखेर जोख्ने तयारी गर्नु
म आउदैछु पापी, बलात्कारीको शिर लिएर

न बाटो भेटियो,न गन्तव्यको केहि ठेगान
बाँच्नुपरेको छ यस्तै बेवारिसे शरिर लिएर

मेरो जिन्दगी हौ भने आँसु झार्दा आइपुग्नु
खुशीमा त शत्रु पनि आउछन अबिर लिएर ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP