बलात्कार भएकाे ७ वर्षपछि युवतीकाे खुलसा : प्रिन्सिपलले २ वर्षसम्म बलात्कार गरे – Sarangi News

पछिल्लो समय सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा भाग १ देखि भाग २० सम्मका टिकटिक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममाथि आफूमाथि बलात्कारको भएको घटना सुनाएपछि यसले निकै चर्चा बटुलिरहेको छ ।

पीडितको पक्षमा उभिएको जन लहरले यस्तै अर्की पीडितले आफूले भोग्नुपरेको हिंसाबारे मुख खोल्न बल प्रदान गरेको छ ।आइतबार बिहान पीडितको फेसबुक अकाउन्टमा बलात्कारको बेलिबिस्तार लगाइएको पोस्ट सार्वजनिक गरिएको छ ।जसमा उनले २०७२–७३ को समयमा उनीमाथि भएको हिंसाको जिकिर गरिएको छ ।

यसमा पीडितले आफू इटहरीको ब्लुमिङ लोटस इङ्गलिस स्कूलमा पढिरहेका बेला विद्यालयका प्रधानाध्यापकले उनीमाथि बलात्कार गरेको बताएकी छिन् । उनले प्रधानाध्यापकको नाम राज खड्का भएको जानकारी दिएकी छिन् ।

 

उनले लेखेकी छिन्, ‘मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको ९प्रिन्सिपल० खातामा पैसा पठाउनुभयो ।’ आमाको खातामा पैसा नपठाएको कारणबारे उनले पछि जानकारी दिने बताएकी छिन् ।

उनी थप्छिन्, ‘त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो । प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लगे । उसले मलाई केहि खान भन्यो तर मैले मानिनँ । म डराईरहेकी थिएँ र म असिन पसिन भएकी थिएँ । उसले मलाई ूयता आउ यहाँ गर्मी हुँदैनू भन्दै कोठा तिर जान भन्यो । त्यतिबेला म १५ वर्षकी थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो । मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरि पनि मानिनँ । त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो ।’

‘उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याकमेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो। यो क्रम मेरो एसइइ सम्म दुई बर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्यो,’ उनले आफ्नो पोस्टमा लेखेकी छिन् ।यसमा साथै पीडकले उनलाई बिदामा पनि घर जान नदिने, घर जाँदा पढाई बिग्रन्छ भनेर उनले पिडितका आमा–बुवालाई गलत विश्वास दिलाएको उनले बताइन् । यही विश्वासका कारण नै उनका बुवाले प्रधानाध्यापकको खातामा पैसा पठाउने गरेको उनले भनिन् ।

‘मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधै होस्टेलमै बस्न दिनु, मेरो आमा स्कुलबाट ५ मिनेट टाढा बस्नु र पनि मलाई प्रिन्सिपललाई अस्पताल लैजान दिनु , यी सब फिल्मी जस्तो सुनिन्छ नि होइन रु तर यो मेरो जीवनको वास्तविक कथा हो ।’ उनले भनेकी छिन् ।

आफूमाथिको हिंसाबारे उनले आफ्ना साथीहरुलाई भन्दा उल्टै उनीमाथि आक्षेप लगाएर कसैले पनि नपत्याएको उनले जानकारी दिइन् । उनले यसबारे प्रधानाध्यापककी श्रीमतीलाई पनि भनेको तर उनले पनि केही नभनेको भन्दै दुःख व्यक्त गरिन् । उनले दुई वर्ष भित्र विद्यालयमा नै आत्महत्या गर्ने असफल प्रयास पनि गरेको बताइन् ।एसइइ सकिएपछि भने उनले यसबारे आफ्नो परिवारलाई भन्ने हिम्मत जुटाएको बताइन् । तर उनले न्याय पाइनन् । उनका अनुसार आरोपी फरार भए । उनको मुद्दा अझै चलिरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘जब म फलोअप गर्थें, प्रहरीले कहिले बलात्कारीलाई खोज्दैछौ भन्छ। ७ बर्ष भैसक्यो तर बलात्कारी कहाँ छ रुरुरुरु अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलो अप गर्न छोडें, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।’

उनका अनुसार आरोपी काठमाडौँकै एउटा विद्यालयमा प्रधानाध्यापक नै भएर काम गरिरहेका छन् । राताेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

जनयुद्ध : सत्र हजार पल्स दुई मात्रै हो त ?


TOP