सलमान खानको ‘द ब्याङ रिलोडेड टुर’कन्सर्ट स्थगित, यस्ताे रहेछ कारण – Sarangi News

काठमाडौं । आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको पुष्टि गरे ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको जानकारी उनले दिए । ‘चुनावको कारण टिकट सोचेअनुसार बिक्री हुन पाएन र पानी पर्ने सिजन पनि सुरु भयो,’ उनले भने ।

अनुकूल समयमा कार्यक्रम गर्नेगरी अर्को मिति चाँडै घोषणा हुने जानकारी पनि उनले दिए । कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए ।

सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । एक दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिने बताइएको थियो । साथै, सलमानले नेपालको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने तालिका पनि तय भएको थियो ।

सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो । कार्यक्रम स्थगनबारे औपचारिक रुपमै जानकारी गराइने ओडीसीका निर्देशक गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP