हजुरबाको कोट (बालकविता) – Sarangi News

हजुरबाको कोट  

                   रमेशचन्द्र घिमिरे 

हजुरबाको कोट लाउँदा बाहुला तलै पुग्यो
हेर्दाहेर्दै मेरो हात कता लुक्यो लुक्यो

कोट लगाई हिँड्न खोज्दा बाहुला हर्ल्याङ-हर्ल्याङ
अल्झिएर लडेँ म त बिच बाटामै बर्ल्याङ
च्यातियो कि कोट लौ न ओठतालु नै सुक्यो
खल्तीभित्र चस्मा थियो कता पुग्यो-पुग्यो

कोट पैह्रिई हजुरबाको गरेपछि नक्कल
खाएँ ठक्कर अनि बल्ल आयो मलाई अक्कल
लडेपछि चोट लाग्यो दुख्नुसम्म दुख्यो
हजुरबाको कोट लाउने रहर अब पुग्यो ।

***********************

मध्यनेपाल नगरपालिका-६ भोर्लटार लमजुङ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP