मध्यनेपाल-७ मा टिप्पर दुर्घटना, मृतक चारै जनाको सनाखत (फोटो फिचर) – Sarangi News

लमजुङ । लमजुङको मध्यनेपाल-७, कोइलेनीमा आज टिप्पर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक चारै जनाको सनाखत भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेहरूमा धादिङ, गजुरीका टिप्पर चालक ३३ वर्षका आकाश भन्ने विनोद घिमिरे, तनहुँ, कलेस्तीका ४२ वर्षीय उत्तम न्यौपाने, सल्यान, कुमाद गाउँपालिकाका २४ वर्षीय पारस शाह र गोरखा, दसकिलोका २५ वर्षीय रविन्द्र सेढाईँ  रहकाे छन् ।

मध्यपहाडी लोकमार्गको निर्माणका लागि काममा लागेको टिप्पर दुर्घटना भएको बताइएको छ । कल्याङबेसीबाट भाटबेसी जाँदै गरेको बा ४ ख ७७८१ को उक्त टिप्पर ओभरलोड भएका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी इन्सपेक्टर लक्ष्मण पचभैयाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP