शिवालय माविको पूर्व विद्यार्थी मञ्चमा शिवराज – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा शिवराज सुवेदी सर्वसम्मत चयन भएका छन् ।

शनिबार विद्यालयमा सम्पन्न दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पोष्टराज सुवेदी, उपाध्यक्षमा भगवान् ओझा, सचिवमा उदयराज ओझा, कोषाध्यक्षमा प्रदीप सुनाम र सहसचिवमा आशिष ओझा चयन भएका छन् ।

यस्तै सदस्यहरूमा हरिचन्द्र सुवेदी, शिवहरि ओझा, युवराज सुवेदी, अमृत सुवेदी, सरिता ओझा, लक्ष्मण ढुङ्गाना, विजिन्द्र सुनाम, विशाल सुवेदी र सम्झना सुवेदी चयन भएका छन् ।

नवनिर्वाचित समितिको प्रथम बैठकबाट मनबहादुर भुजेल, राजेन्द्र ओझा, रमेश ओझा, राजन सुवेदी, पूर्णदीप सुवेदी, प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र विद्यालय व्यवस्थापन समितिका  कार्यवाहक अध्यक्ष धनपति ओझालाई सल्लाहकारमा चयन गरेको छ ।

राजेन्द्र ओझाको संयोकत्वमा रमेश ओझा र निवर्तमान अध्यक्ष राजन सुवेदी सदस्य रहेको निर्वाचन मण्डले नवनिर्वाचित समिति घोषणा गरेको थियो । कार्यक्रममा वडा नम्बर २ का नवनिर्वाचित वडा अध्यक्षसमेत रहेका मञ्चका निवर्तमान अध्यक्ष राजन सुवेदी र शिक्षक-अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझालगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP