
पाेखरा– नारायणगढ–मुग्लिन सडक अहिले बन्द छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको हो ।



अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ ।