एमाले कार्यकर्ताले जुरेलीलाई हिलोमा पछारेपछि ‘सुर्जेकुमारी’ टाप – Sarangi News

पोखरा

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हिजो आयोजना गरेको धान दिवसको कार्यक्रममा कुटाकुट भएको छ । अघिल्लो वर्षको असार १५ मा पनि लोक गायक छत्र शाहीसँगको हर्कतले सामाजिक सञ्जाल तताएकी अस्मिता जुरेली र युवा संघका नेताबीच हिलोमै कुटाकुट हुँदा ‘एमालेको रोपाइँ’ विवाद र चर्चामा परेको हो ।

ललितपुरको भैँसेपाटीमा आयोजना गरिएको रोपाइँ कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि थिए । रोपाइँ चल्दाचल्दै अचानक युवा संघका एक नेताले आफूलाई हिलोमा उचालेर पछारेको र अश्लिल हर्कत् गरेको जुरेलीको आरोप छ । ती युवाले आफूलाई घाँटी थिचेर कपडा च्यातिदिएको जुरेलीले बताइन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको कुटाकुटको भिडियोमा उनले एक युवासँग ठेलाठेल गरेको देख्न सकिन्छ । अन्य सहभागीहरूले दुई जनाको घम्साघम्सी छुट्याउन खोजेका थिए ।

घटना हुँदा प्रमुख अतिथि पोखरेल भने हिँडिसकेका थिए । तर नायिका करिश्मा मानन्धर घटना हुँदा त्यही भए पनि होहल्ला हुन थालेपछि टाप कसेको बताइन्छ ।

अस्मिता जुरेली रेस्लरका रूपमा चर्चित छिन् । एमालेकी खाँटी कार्यकर्ता जुरेली केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’ निर्वाचन आयोगमा दर्ता हुँदा सचिव बनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP