छानबिनको घेरामा ६ न्यायाधीश, दुई करोड मोलमोलाइदेखि बलात्कारपीडितलाई सजायसम्मको आरोप – Sarangi News

 न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषदको छानबिनको घेरामा परेका छन् ।

विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाई गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण र बलात्कार पीडितलाई नै सजाय सुनाउने न्यायाधीशसम्म छन् ।

सबुद प्रमाण बलियो हुँदाहुँदै स्वविवेकी अधिकार प्रयोग गर्दै पीडितलाई अन्याय हुनेगरी फैसला गर्ने न्यायाधीश छानबिनका लागि तानिएका छन् । विवादमा तानिने न्यायाधीशमा व्यवसायी इच्छाराज तामाङको मुद्दामा २ करोड ‘अडियो डिल’ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला, काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौला, रामेछाप जिल्ला अदालतका तत्कालीन न्यायाधीश बद्रीप्रसाद वली, न्यायाधीश सूर्यकुमार अधिकारी र नवीन जोशी छन् ।

उनीहरूमाथि न्यायपरिषदले सूक्ष्म छानबिन सुरु गरिसकेको छ । पछिल्लोपटक विवादित फैसला गर्नेमा जुम्ला जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहलाई सर्वोच्च तानेको छ । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP