यि चार प्रदेशका केही ठाउँमा मेघ गर्जन,चट्याङ र हल्कादेखि मध्यम वर्षाकाे सम्भावना – Sarangi News

पाेखरा- आज चार वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले बताउनु भयो ।

उहाँका अनुसार कास्की, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, दाङ, तनहुँ, रुकुमलगायतका ठाउँमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि यी चार वटा प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

आज प्रदेश-१, मधेस र वाग्मती प्रदेशमा भने आंशिकदेखि सामान्य बद्ली रही सामान्यतया मौसम सफा रहने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP