शून्य : बालकविता – Sarangi News

शून्य (बालकविता)

      – केशवराज अधिकारी 

एकभन्दा दुई ठूलो दुईभन्दा तीन
शून्यको त गणना नै गरिँदैन किन ?
शून्य मेरो नाम तर कोही भन्छन् जीरो
मै जिरो नि मौका मिल्दा बन्ने गर्छु हिरो।    
    कैले अघि कैले पछि तिम्रै साथ हुन्छु
    सानोलाई माथि, ठुलो तल झारिदिन्छु।
    नौ ले फूर्ती गर्न थाल्यो भन्दै पाजी जीरो
    एकसँग अघि लागेँ म त भएँ हिरो।
नौले लग्यो गुडाउँदै राख्यो अघिल्तिर
कुरा गर्छ ठुला ठुला ठाडो गर्दै शिर।
घमण्डको सेखी झार्न सक्छु म हुँ जीरो
नौकै पछि सरि दिएँ म त भएँ हिरो।
    फकाउँदै आठ आयो लग्यो आफैतिर
    उतै लागेँ म त अब मलाई के को पिर ?
    आठबाट असी बन्यो कमाल् गर्छ जीरो
    नब्बेलाई नौमा झारेँ म त भएँ हिरो।
  • रामबजार करापुटार, लमजुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP