सुन्दर गाउँ : बालकविता – Sarangi News

सुन्दर गाउँ (बालकविता)

              – भानु ढुङ्गाना

साँझको बत्ती झलल

धाराको पानी कलल

पखेरीमा हावा सिरिरी

गोठमा मुरली तिरिरी

 

मकैको पात तलल

धिरिमा पानी सलल

झर्नाको जल झर्झर

निर्मल छ पानी खलल

 

गुराँस फुल्यो पहाड

धानको सुन्दर बियाड

सररर समीर चलेको

असार छैन गलेको

 

नगर्नु काम साँझमा

उज्ज्वल मझेरी माझमा

राखेर आरती तयारी

बालेर दिप सयारी

******************

खुदुनाबारी झापा (नेपाल)

हाल : ओन्टारियो क्यानेडा

लेखकका बारेमा थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

लेखकका अन्य बालकविताहरू यसमा  अनि यसमा पनि छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८० शनिबार 78 Views

लघुकथाको ५५ औँ शृङ्खला

  मंग्सिर ९, २०८० शनिबार 194 Views

बालकविताः हजुरबाको चस्मा

  मंग्सिर ६, २०८० बुधबार 119 Views

बा आमाको माया (बालकविता)

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP