बिर्के टोपीः बालकविता – Sarangi News

बिर्के टोपी (बालकविता)

रमेशचन्द्र घिमिरे

     खोतलेर पिँधमा हेरेँ डालाको

     हेर्दाखेरि देखियो नौलो खालको

यसो हेर्दा झुलुक्क आरी जस्तो छ

टोपी हो कि बिर्को हो कस्तो-कस्तो छ

बिर्कोमाथि डल्लो छ टुप्पी टालाको

नयाँ कुरा देखियो नौलो खालको

     दाइलाई सोध्दा यसको नाम थाहा छैन रे

     हजुर बाको हो अरे बाको हैन रे

     कैले होला बनेको कति सालको ?

     टोपीजस्तै देखियो नौलो खालको

बाले भनेपछि पो बिर्के टोपी यो

थाहा पाइयो, लाइयो, आँखै छोपियो

भानुभक्त बाजेले लाउने पालाको

आज टोपी देखियो नौलो खालको ।

***********************

– भोर्लेटार, लमजुङ

(२०७७/०३/२९)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP