बालापनको गीत – Sarangi News

बालापनको गीत (बालकविता)

                       – आचार्य प्रभा

बालापनको त्यो कथा सुनाई देऊ न ए आमा

कस्तो नाना लाउँथें म भोटो हो या जामा ………

 

ताते ताते गरेर औंला समाई हिँडाएछौ

बामे सर्दा आफू पनि बालापनमै आएछौ …..

 

शैशवकालको त्यो दिन फर्काई देऊ न ए आमा

कस्तोसँग नाच्थेँ म समाएर आफ्नै नाना ……….

 

को खाई को खाई गरेर लिटो जाउलो खुवाइछौ

नु नु नु नु गर भन्दै लोरी पनि सुनाइछौ ………….

 

अबोधपनको त्यो पल सम्झाई देऊ न ए आमा

कति दुःख दिएँ तिम्लाई अब माग्छु म क्षमा …………………

 

बुढी औँला समाई घुमाउन लग्यौ होला

मेरो स्याहार सुसारमा कति कष्ट भोग्यौ होला ………..

 

बालापनको ……………..

*****************

दमक झापा

रचना -अप्रिल २१ /२०१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP