चोरी डकैटिमा नाबालकको प्रयोग – Sarangi News

पाेखरा – रुपन्देहिमा नाबालककाे प्रयोग गरी सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीले पर्सा जिल्लाको पटेर्बा सुगौली घर भइ रुपन्देहीको कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नटलाई पक्राउ गरेको हो । उनीसँगै ११ र १२ वर्षका दुई जना बालक पनि पक्राउ परेका छन् ।

विजयले ती बालकहरुलाई प्रलोभनमा पारि चोरीका लागि प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बनकसियामा रहेको हाटबजारमा तरकारी किनिरहेकी स्थानीय ७० वर्षीया वृद्धा चमेली थापाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री दुई जना बालकले चोरी गरेपछि अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रहरीले सिक्री पनि बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP