नेपालका हृदय हौँः कविता – Sarangi News

नेपालका हृदय हौँ (कविता)

                   – भानु ढुङ्गाना

कञ्चन हिमाल सुन्दर पहाड लालीगुराँस घारी

शैक्षिक भ्रमण गर्न पाए शिक्षा मिल्थ्यो भारी

हिमाल पहाड तराई मधेश सुन्दर शान्त पारी

कैयौँथरी फूल दिने नेपाल भञ्ज्याङ घारी।।

नजिकै छ हिमालचुली पहाड छ छाती

सगरमाथा कञ्चन हिमाल हामी सबै जाती।।

विश्व यहाँ रमाउँदै विज्ञानले धाउँछ

नेपालको माटो पानी जडि बुटी पाउँछ।।

ज्ञानभूमि यो देश हो पराईले चिन्छ

हामी आफै सबल हौँ नत्र उस्ले छिन्छ।।

समयलाई लिन सक्छौँ हालौँ तालिकमा

शैक्षिक भ्रमण गर्नै पर्छ हाम्रो घोरधामा।।

बैशाख मैना उत्तम हुन्छ योजनामा पारौँ ।

विविधता जैविकता हिमाल पहाड चारौँ।।

नदी-नाला ताल-तलाउ भञ्ज्याङ आदि हेर्दै ।

ज्ञानगुण विज्ञानमा कति पाठ फेर्दै ।।

प्रकृतिको बिशेषता उठाउँनै पर्छ ।

नयाँ शिक्षा विकाशमा अघि बढ्नै पर्छ।।

चरीबरी चिरिविरी मृग घोरल हेरौँ ।

अब हाम्रो पाठ्यक्रममा नयाँ किर्ती केरौँ।।

डाँफे मुनाल सँगै घुमौँ आफ्नै धराधाम।

प्रण गरौँ बाहिय शक्ति यहाँ हुन्न नाम।।

वारि-पारि तल माथी एकै भाब राखौँ

हाम्रो देश नेपाल हो दिव्य भाबले ढाकौँ।।

                             -ओन्टारियो, क्यानेडा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP