साउने सङ्क्रान्ति (बालकविता) – Sarangi News

साउने सङ्क्रान्ति : बालकविता

                                      सेविका रानाभाट

बिहानीको आकाश हेर कति सफा भा’को
 आज मलाई किन होला यति खुसी ला’को !
    आज सानो पर्व हो नि हुनुपर्छ खुसी
     मेहेन्दी जस्तै रङ्गिने छ जीवन हुन्छ सुखी
आज तिउरे लाउँदा खेरी बिषालुले छुन्न 
 हजुरबाले भन्नु हुन्छ केही अप्ठ्यारो हुन्न 
    सबै खुसी भएका छन परेका छन मख्ख
     हात भरि रङ्गीन देख्दा सानो भाइ छक्क
तिउरे पात टिपी पिसी लाउने अरे हातमा
 हात भरि लुँडो पारी कर्कलाको पातमा
    पहिले बा’का पालामा त लाउँथे अरे पिनेर
     आजभोली हामीले लाउँछम् मेहेन्दी किनेर
अनादीको चाम्रे पकाई मासु पनि खाने रे
 नयाँ कपडा लगाई चट्ट मामा जाने रे !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP