भेडो भ्या-भ्या कराएको (बालकविता) – Sarangi News

बालकविताः भेडो भ्या-भ्या कराएको

                -विष्णुहरि घिमिरे

 

भेडो भ्या भ्या कराएको

कता होला माथि 

गोरेटोमा खोजी राखेँ

नपाएर साथी ।

 

    कुन बाटो जानुभयो

    कता गयो फेरि

    कोयलीको भाका जस्तो

    आफैँलाई हेरी ।

 

काग का का गर्‍यो कता

झुक्किएर हो कि

सानी बैनी भाका सुन्न

बस्छिन् जिभ्रो टोकी

 

    पुरस्कार मिलाउने

    कोयली कि काग

    सुन्न मन लाग्यो दाजु

    तपाईंको राग ।

 

हार्मोनियम् बजाउने

आफ्नै होला शान ।

राग तीन प्रकारका

मन्द मध्य ज्ञान ।

 

    तार पनि सप्तकमा

    शब्द बुझाउने ।

    ताली पनि लगाउला

    कैले सुनाउने ? 

****************************************

मध्यनेपाल नगरपालिका-७

ईशानेश्वर करापुटार लमजुङ

लेखकका अन्य रचना फेसबुक मार्फत पढ्न यहाँ थिच्नुहोस् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८० शनिबार 78 Views

लघुकथाको ५५ औँ शृङ्खला

  मंग्सिर ९, २०८० शनिबार 195 Views

बालकविताः हजुरबाको चस्मा

  मंग्सिर ६, २०८० बुधबार 119 Views

बा आमाको माया (बालकविता)

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP