तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना – Sarangi News

पाेखरा- आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने तीन दिनसम्म पानीको सतह सतर्कता तहभन्दा तल नै रहने महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP