धर्म र कर्म (लघुकथा) – Sarangi News

लघुकथा: धर्म र कर्म

          –गङ्गा खड्का

शान्ता विद्यालयबाट हतारहतार घरतर्फ पाइला सार्दै थिइन् । उनको जम्काभेट गाउँका दुई चारजनासँग भयो ।

” दिदी ! टाढै गएर आउनुभयो ?”

उनले यतिमात्र के सोधेकी थिइन् । एउटीले नालीबेली लाउँदै भनिन् ,” पशुपति गएर आएको नि बहिनी । आज ५० वर्षपछि विशेष संयोग परेको रे । यति भीड थियोे कि खुट्टा टेक्ने ठाउँ थिएन । “

अर्कीले बीचमै कुरा काट्दै भनिन् ,” ” कति त घुम्न पनि नपाएर फर्केर गए । हामीलाई त शिवजीले रुचाएर हो कि एकैछिनमा ठूलो पानी पर्‍यो । मान्छेहरु ओतको लागि छरीबरी भए , त्यही मौकामा हामीले त मज्जाले दर्शन गर्न पायौँ ।”

शान्ताले जसलाई प्रश्न गरेकी थिइन् , बल्ल उनको बोल्ने पालो आयो । उनले पनि माया गरेजस्तो गरेर हेपेर बोल्न छाडिनन्  ,” अनि तिमी चाहिँ एकदिन नि स्कुल छोड्न हुन्न जसरी के स्कुल गएकी त ? यसो कहिलेकाहिँ धर्मकर्म नि गर्नुपर्छ क्या।”

” मैले त झन् धर्म र  कर्म दुबै गर्न भ्याएँ । जहाँको भगवान् नि एउटै त हुन् नि । नजिकैको शिवालयमा पूजा गरेँ । मनमनै सबै ठाउँको भगवानलाई सम्झिएँ । हजुरहरुले जस्तो अरूको आँखा छलेर दर्शन नि गर्नुपरेन, विद्यालयमा गएर आफ्नो कर्म गर्न नि पाएँ ।

*********************************

बूढानीलकण्ठ , काठमाडौँ

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 170 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

  अषोज ९, २०८० मंगलबार 26 Views

सम्झना थापा मगरका रोज्जा मुक्तक

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP