मुसलधारे पानी पर्‍यो ( बालकविता) – Sarangi News

मुसलधारे पानी पर्‍यो ( बालकविता)

     तेजप्रसाद खनाल

लामो खडेरी पछि ठुलो पानी पर्‍यो

वरपर चारैतिर भलपानी झर्‍यो ।

ठूलो पानी परेर होला नाम मुसलधारे

पल्लाघरे काकाले खेत समथर पारे।

 

पानी नपरी रोपाइँ रोकिएको थियो

मुसलधारे पानीले ठुलो राहत दियो।

सानो पानी पर्दा उठ्थे पानीका फोका

मुसलधारे पानीले बगायो फोहरका पोका।

 

चारैतिर पानी परी खेतमा रोपाइँ छायो

मुसलधारे पानीले हामीलाई ठुलो गुन लायो।

लामो खडेरी पछि मुसलधारे पानी आयो

मुसलधारे पानीले हामीलाई ठूलो गुन लायो।

 

कृषकहरु खुसी पर्दा मुसलधारे पानी

भएर होला रमाउने खेतबारीमा बानी।

********************************

लेखक लमही न.पा.५  लमही दाङ निवासी हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८० शनिबार 78 Views

लघुकथाको ५५ औँ शृङ्खला

  मंग्सिर ९, २०८० शनिबार 194 Views

बालकविताः हजुरबाको चस्मा

  मंग्सिर ६, २०८० बुधबार 119 Views

बा आमाको माया (बालकविता)

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP