लायन्स क्लब अफ बेनी महारानीको वृक्षारोपण – Sarangi News

सरु जलन, बेनी । लायन्स क्लब अफ बेनी महारानीको आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

बेनी नगरपालिकाको ऎनीखेत देखि डम्बरा सम्मको सडक किनारमा बिभिन्न प्रजातिका बहुउपयोगी बिरुवा कपुरको बोट, कल्की, वर , समी र परिजात लगायतका ८० वटा बिरुवा रोपिएको क्लबका अध्यक्ष  भिम कुमारी सुबेदीले जानकारी दिईन ।

बढ्दो बाताबरण प्रदुषणलाई कम गर्न रुखबिरुवाको महत्त्वपुर्ण भुमिका हुने भएकाले मासिक कार्यक्रम अन्तर्गत बृक्षारोपण गरिको लायन्स क्लबले जनाएको छ ।

कार्यक्रममा क्लबका जोन चियर पर्सन लायन संगीता श्रेष्ठ, उपाध्यक्ष द्वय जुनु उदास श्रेष्ठ र चन्द्रा घले, कोषाध्यक्ष संगीता श्रेष्ठ, पुर्व अध्यक्ष  प्रमिला जोशी श्रेष्ठ र रन्जिता शेरचन, तृतीय उपाध्यक्ष सरिता श्रेष्ठ  लगायत १६ जनाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP