बालगीतः आमासँग हाटमा – Sarangi News

आमासँग हाटमा… (बालगीत)

     – श्यामप्रसाद न्याैपाने

रमिता छ हाटमा हेर्न जान्छु म

आएपछि   घरमा गर्छु कक न

 

बुबुमाम  खाएर   नाना   लाएर

बसेँ बस बिसाैनी छेउमा आएर

टीँटीँ गर्दै दगुर्दै आउँछ बस पनि

आमासँगै   त्यसैमा चढेँ मै पनि

 

झ्यालतिरकाे सिटमा बसेँ रमाउँदै

बाहिर हेरेँ आमाकाे हात समाउँदै

 

हाट  जाने   मानिस   धेरै  रहेछन्

बसमा चढ्न नपाई हिँड्दै गएछन्

राेकेका   थे  बाटाेमा   धेरै जनाले

राेके   हुन्थ्याे  भनेथ्याे मेराे मनले

 

सररर   बसमा    रमाइलाे    भाे

हाट भर्न हिँडेकाे पैलाे पटक हाे

 

बाटाे  राम्रो हाटकाे  अग्लाअग्ला   घर

मान्छे हिँड्ने  अचाक्ली छैन  केही डर

खानेकुरा,   नाना   र   चाचा    पाइने

सबै कुरा पाइँदा रैछन् हाम्लाई चाहिने

 

रमाइलाे  भाे   हाटमा   घुम्न पाउँदा

खुशी लाग्याे आमासँग घुम्न आउँदा

************************************

लेखक सुनवल – १२, नवलपरासीका स्रष्टा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८० शनिबार 78 Views

लघुकथाको ५५ औँ शृङ्खला

  मंग्सिर ९, २०८० शनिबार 194 Views

बालकविताः हजुरबाको चस्मा

  मंग्सिर ६, २०८० बुधबार 119 Views

बा आमाको माया (बालकविता)

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP