नानीबाबुको सरसफाइः बालकविता – Sarangi News

नानीबाबुको सरसफाइ

              – नरिश्वर गौतम

कति राम्रो देखियो

मैले केश काटेको

बहिनीले कोरेर

फुर्के रिबन बाटेको ।।

 

काम गर्दा हातले

फोहोरमैला छोएको

साबुन र पानीले

मिचीमिची धोएको ।।

 

लामा नङ काटेको

जिउ सफा गरेको

दाँत पनि माझेको

म त चट्ट परेको ।।

 

बाआमाले पकाको

ताजा खाना खाएको

धोइधाई गरेको

सफा नाना लाएको ।।

 

जुत्ता टाई लगाएँ

किताब् कापी कलम

खाजा पानी घरकै

राखेँ मेरै झोलामा ।।

 

स्कुल जान भनेर

भएँ म त तयार

हिँड्छु हात समाई

छैन कुनै हतार ।।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८० शनिबार 78 Views

लघुकथाको ५५ औँ शृङ्खला

  मंग्सिर ९, २०८० शनिबार 195 Views

बालकविताः हजुरबाको चस्मा

  मंग्सिर ६, २०८० बुधबार 119 Views

बा आमाको माया (बालकविता)

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP