श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक – Sarangi News

पोखरा । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्।
राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन्।
१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७,दोर्पा,चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्।
गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्।
संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 166 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

  अषोज ९, २०८० मंगलबार 26 Views

सम्झना थापा मगरका रोज्जा मुक्तक

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP