फिडेल क्यास्ट्रोलाई प्रचण्डको चिठ्ठी – अनमोल कंडेल – Sarangi News

फिडेल क्यास्ट्रोलाई प्रचण्डको चिठ्ठी
————————–

डियर फिडेल,

आखिर
सत्य त त्यही नै रहेछ
सत्ताको खेलमा
क्रान्तिको नेतृत्व जस्ले गर्छ
सत्तामा पुगेपछी
उ नै निरकुंश बन्ने रहेछ !

इतिहासले दोह्र्याउने रहेछ आफैलाइ
तिमिले बाटिस्टालाइ फाल्यौ …
तर अन्त्यमा आफै पनि “उ” … जस्तै …
तानाशाहि बनेर गयौ …
मैले राजतन्त्र उखेलेर फालेँ …
र अन्त्यमा आफै राजा बन्न खोँजे …

जसरी तिम्रो देवत्वकरण भयो,
तर हजारौ क्युवाका छोराछोरीहरु भागेर अमेरिका गए …
त्यसरीनै
म सुप्रीमो बनेँ,
तर …. मेरो देशका कर्मठ हातगोडाहरु …
पलायन भएर गएका छन अहिले …

जसरी
तिमीले चे ग्वेभारालाई पाखा लगायौ …
त्यसरीनै पाखा लगाएको छु धेरै क्रान्तिकारिहरुलाइ मैले …

“क्रान्ती’ भनेर
पचासौ वर्ससम्म
मौजमा बस्यौ तिमी,
त्यसरीनै शयलमा छन मेरा आसेपासेहरु,

तिमीसग जती पावर थ्यो
त्यती त आर्जिन सकिन …
तर आजपनी यो देशको राजनितिमा,
छ मेरो तिखो हस्तक्षेप …

महान क्यास्ट्रो,
जसरी
तिमी निरन्कुश क्यास्ट्रोमा परीणत भयौ
त्यस्तै अग्रगमनको कुरा गर्ने सुप्रीमोबाट
बनेको छु मँ – खिया लागेको – एउटा पुरानो घडि ।

जसरी तिमीले दशकौ
आफ्नो वशमा
राख्न खोज्यौ
क्युवाको भविस्य …
त्यसरिनै
मुसाले बिरालो खेलाएझैँ …
खेलाउदैछौ …
म र मेरा सहयोद्दाहरु
नेपालको भविस्य …

तिमीले
बरु टिकायौ सत्ता
अमेरिकालाई सोभियतसग जुधाएर
म सग त्यती भयानक एजेण्डा छैन …
आफ्नाहरुको शोक र रोगले थाकेको छु म …
मलाई चीन र भारत जुधाउन ……
उती रुची छैन …
म –
सानो तिनो दादागिरी …
घोटाला … अनी … छलछाममै मस्त छु ।
व्यापारि, दलाल र नेताहरुविचको
सेटिङ्गमै व्यस्त छु ।

तिम्रो हाइहाइमा जसरी डुब्यो क्युवाको अर्थव्यवस्था
त्यस्तै मेरो सत्ताले गिजोलेको छ नेपालि जनताको आर्जन …

क्युवाको – “स्टालिन” !
भन्न त भनेको हुँ
तिमिले जस्तै मैले पनि
क्रान्तिले जन्माउछ महान देश
तर ठ्याक्कै उस्तै भयो हाम्रो हालखबर,

तिमीले पनि पुज्यौ आफ्नाहरुलाई
मैले अनी मेरा कमान्डरहरुले पनि त्यसरिनै पुँज्यौ,
तिम्रो पालामा मौलायो देशमा माफिया र दलाल
मैले अनी मेरो साथीहरुले पनि त्यस्तै गर्यौ ।
तिमिले जसरी हेरिरह्यौ देशका जनताहरु पलायन भएको
मैले अनी मेरो क्रान्तिकारी साथीहरुले पनि त्यसरीनै हेर्यौ ।

महान नेता माओको कस्सम …
तिमिलाइ जस्तै,
मलाइ पनि बनाउने रहर थियो,
आफ्नै बडेमानको शालिक !
लेख्न मन थियो इतिहासमा …
गाढा अक्षरमा आफ्नो नाम !

तर,

न बन्न सकेँ -“प्रचण्ड”
न बनाउन सकेँ देश डोर्याउने
कुनै “पथ” …
अहिले … विपनामा मलाइ
जनताले चप्पल बर्साउछन …
सपनामा मलाइ
शहिदहरुको चित्कारले तर्साउछन …

क्यास्ट्रो
म भन्दा जान्ने बुझ्ने …
तिमीनै… हौ …
तिमी त “जोन एफ केनेडिलाई”
थर्काउने मान्छे !

ख्रुस्चेभले सोभियतमा बोलाएर
“महान हिरो” भनेर सम्मान गरेको मान्छे !

कृपया –
यो चिठ्ठिको जवाफमा केहि लेखिदिनु है ?
अँ साच्चि …
यो घडिमा म भित्र एउटा क्रान्तिकारि खुलदुलि छ …

म जान्न चाहन्छु कि,
शहिदहरुको रगतले ढाकिएको
कात्रो ओढ्दा,
गुलियो हुन्छ कि पिरो
‘तिमि’ अनि ‘मँ’ जस्तो …
“सुप्रिमो” हरुको मृत्‍यु ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP