२४ औं पोखरा सडक महोत्सवको संयोजकमा वसन्त गौतम, मिनी सडक महोत्सव संयोजकमा विकास – Sarangi News

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवको २४ औं संस्करणका लागि बसन्त गौतमलाई संयोजक चयन गरिएको छ । रेवान पोखराको भर्खरै सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो । बैठकले सह–संयोजकमा योगेश भट्टराई र बैभव पौडेललाई चयन ग¥यो ।

त्यस्तै बैठकले विश्व पर्यटन दिवस, २७ सेप्टेम्बरका दिन रेवान पोखराले आयोजना गर्दै आएको एक दिने मिनि सडक महोत्सवका लागि समितिका महासचिव विकास भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका साथै लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षण एवं प्रवद्र्धन गरी पोखरालाई अंग्रजी नयाँ वर्षको गन्तब्य स्थलका रुपमा पहिचान दिलाउने उद्देश्य सहित रेवान पोखराले २३ वर्षदेखि पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुषको १३ देखि १७ गते सम्म लेकसाइडको सडकमा यो महोत्सव सञ्चालन हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP