कथाकार एलबी क्षेत्रीले घोषणा गरे एक लाखको पुरस्कार – Sarangi News

काठमाडौँ l कथाकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले एक लाख नगद राशिको पुरस्कार घोषणा गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा, कथासङ्ग्रह “सन्तापको धून”को विमोचनमा सभापतीय मन्तव्यका क्रममा क्षेत्रीले उक्त घोषणा गरेका हुन् ।

विगतमा “कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार” शीर्षकमा २५ हजार राशिको पुरस्कार प्रदान गर्दै आएकोमा वि.स. २०७९ देखि पुरस्कारको राशि एक लाख हुने क्षेत्रीले घोषणा गरेका हुन् । यो पुरस्कार वर्षभरिमा प्रकाशित आख्यान विधाका कृतिमध्येबाट एकलाई प्रदान गरिन्छ । कथा र उपन्यासका कुनै पनि प्रभेगमा लेखिएको उत्कृष्ट कृतिमध्येको एकलाई सो पुरस्कार दिने कथाकार क्षेत्रीले बताए ।

०७८ का लागि भने पुरस्कार राशि २५ हजार नै रहनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 169 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

  अषोज ९, २०८० मंगलबार 26 Views

सम्झना थापा मगरका रोज्जा मुक्तक

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP