चिल्ड्रेन नेपालद्वारा बालअधिकारसम्बन्धी अनुशिक्षण – Sarangi News
पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा रास्टृय बाल दिवस २०७९ को अबसरमा संस्थाले बिद्यालय पढ्न सहयोग गरेका सामुदायिक बिद्यालयका बालबालिकाहरुको क्षमता बिकासलाई सहयोग पुग्ने उदेश्यले बाल अधिकार , बाल संरक्षण ,बाल सहभागिता ,कर्तव्य र जिम्मेवार तथा  बाल क्लबको गठन प्रक्रिया साथै लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बिषयमा समेत तालिम सम्पन्न भएको छ ।
उक्त एक दिने  तालिम ३ स्थान क्रमश : कालिका माध्यमिक बिद्यालय,कन्या माध्यमिक बिद्यालय, र साहारा आधारभुत बिद्यालयमा संचालन गरिएको थियो ।  तीन स्थानमा गरि ६० जना बालबालिकाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रम संचालित भएका कालिका माध्यामिक बिद्यालयमा सह सयोजक रमेश सुवेदी र सहायक सयोजक सुनिता तिमिल्सिना ,कन्या माध्यमिक बिद्यालयमा वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा र सहायक सयोजक लीला न्यौपाने र सहारा आधारभुत बिद्यालयमा सहायक सयोजकद्वय महेन्द्र पौडेल र विशाल घोतानेले सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रममा सहभागी बालबालिकाले तालिम बाट बालबालिकाका सवालमा जान्नु पर्ने र बालबालिकाको आफ्नो  जिम्मेवारी बारेमा पनि स्पस्ट हुने अबसर प्राप्त भएको र आफुले सिकेको कुरा आफैं बाट  पालना गर्दै अरु बालबालिकालाई पनि आदानप्रदान गरि सुसूचित गराउने कुरा ब्यक्त गरेका थिए ।
अन्त्यमा तालिम सहजकर्ताहरुले बालबालिकालाई  तालिममा सिकेका कुराहरु ब्यवहारमा लागु गर्दै आफ्नो पठनपाठनमा  जोड दिनुपर्ने कुरा बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP