श्री गौ बोमबस्त माविमा ५८ औं राष्ट्रिय बालदिवस भब्य रुपमा मनाइयाे – Sarangi News

म्याग्दी – मालिका ५ देविस्थान स्थीत श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयमा गठित प्रतिभा बाल क्लबले र्याली गर्दै गाँउ परिक्रमा गरि दिवस मनाएको हो । बाल अधिकारका सवालमा विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित डाँडागाउँ,भार्ता, चिपल्टी, भूमिथान हुँदै विद्यालय प्राङगणमा पुगेर सभामा परिणत भएको थियो ।

आयोजित कार्यक्रमका सहभागीहरुले जिम्मेवार परिवार, उत्तरदायी समाजमा मात्रै बालबालिकाको विकास हुने बताए । उनिहरुले बालबालिकाको विकास भए मात्रै समाज समुन्नत हुने बताएका थिए । बालक्लवका अध्यक्ष बिपाशा सिउथानीकाे अध्यक्षता तथा निवर्तमान वडा अध्यक्ष पिपला बुढाथाेकीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएकाे क्लबका सचिब बिनिषा बुढाले जानकारी दिनुभयाे ।

कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकबीच ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ विषयक वृहत् अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक शिक्षक तथा पत्रकार प्रकाश अधिकारीले गर्नुभएको थियो ।

बच्चाको शिक्षा भनेको अभिभावक र शिक्षकको सामुहिक प्रयत्न भएकाे भन्दै भविष्यको असल नागरिक निर्माण गर्नका निम्ति शिक्षक र अभिभावकबीच हातेमालो गर्न आवश्यक रहेकाे बक्ताहरुकाे भनाई थियाे । बच्चालाई विद्यालय पठाएर मात्रै अभिभावकको जिम्मेवारी पूरा नहुने र आफ्ना बालबालिकाको सुन्दर भविष्य निर्माणका निम्ति अभिभावकले आफ्नो तर्फबाट पूर्ण प्रयत्न गर्नुपर्छ तथा बालबालिकालाई भविष्यमा के बनाउने भन्नेबारे शिक्षक र बालबालिकाबीच अभिभावकले सल्लाह र सुझाव लिनुपर्नेमा जाेड दिइएकाे थियाे ।

शिक्षक कविता शर्माले स्वागत गरेकाे कार्यक्रममा अभिभावक दुर्गा बुढा, विद्यार्थीहरु सुमिना घर्ती र विनिषा बुढाथाेकी र शिक्षकहरु बुद्धि बहादुर राना, चेत बहादुर जिटी, सुनिता पाइजा, दीपक आचार्य, किरण थकाली, रस्मी पटेल र प्रेमकुमारी पुन लगायतले बोल्नुभएको थियो भने कार्यक्रम स‌चालन शिक्षक चेत बहादुर जिटीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 41 Views

खुसीः कविता

  अषोज १६, २०८० मंगलबार 169 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP