‘म त नछुने भएछु’ – Sarangi News
प्रतिमा अधिकारी 

फेसबूक र टिकटकका वाल भरी हजारौं साथीहरूका राम्रा राम्रा पहिरनमा रातो टिका र जमराले सजिसजाउ भएर अनेकौं तस्बिरहरू र भिडियोहरू हेर्दै गर्दा मेरो मन झन् झन् भारी भएर आएको छ। टीकाको समय भयो टिका लगाउन आउ भनी घरका सदस्यहरू, इष्टमित्रहरुले बोलाउँदा आँखा भरी आँशु बनाउँदै जान्छु।
“के भयो नानी?”
(मन भारी बनाउँदै) “म त नछुने भएछु।”
लागेको थियो एक मन त मैले नभनिदिए कसलाई पो थाहा हुन्छ र? ७ वर्ष पछि ९१ वर्षकी बुढी हजुरआमा संग टीका लगाउन भनी तराई देखि पहाड आएको छु, टिका लगाइसकेपछि मात्र सबैलाई भन्छू। तर सानै देखि ममी, हजुरआमाहरुले नछुने हुँदा नबारे त पाप लाग्छ,भगवानले श्राप दिनुहुन्छ,दुःख पीडा आई पर्छ भन्ने जस्ता कुराहरूले मानसपटलमा जरै गाडेर बसेको छन् अनि कसरी झुट बोल्न यो मन मान्थ्यो र? सबै जना रमाउँदै टिका थाप्न फर्याकफुरुक पर्दै,फोटो खिच्दै बस्छन म भने एउटा सुनसान कोठामा कुक्रुक्क पर्दै बस्छु ।
करिब १५ वर्ष अगाडिको कुरा हो, कक्षा ८ को अन्तिम जिल्लास्तरीय परीक्षाको दोस्रो दिन पढ्दै गर्दा आफू पहिलो पटक महिनावारी भएको थिए। कक्षा ८ पढिसकेको हुँदा महिनावारी हुँदा के हुन्छ भन्ने सबै जानकारी पढेर थाहा पाइसकेको थिएँ। हाम्रो गाउसमाजमा पहिलो पटक महिनावारी हुँदा घरमा भएको दाजुभाई,बुवा वा कोही पुरुषलाई देख्न नहुने,आफ्नो घरमा बस्न नहुने, घामको मुख सम्मनी देख्न नहुने,आदि आदि लगायतका कुराहरू चलिआएका चलन संस्कृति नै थिए। यदि यी नियमहरू उल्लंघन गरे पाप लाग्छ भन्ने सबैको मानसिकता थियो ।
स्वास्थ्य पढाउने शिक्षकले महिनावारी भनेको १० देखि १५वर्षको उमेरमा शारीरिक परिवर्तनको क्रममा पाठेघरले बनाएको रगतको तह बिस्तारै योनिमार्ग हुँदै रगतको रूपमा शरीरबाट बाहिर निस्कने प्रक्रिया हो। जुन एक केटी गर्भवती हुन तयार हुने संकेत हो।यो कुनै दोष वा समस्या नभई मासिक चक्र हो यो समयमा सामान्य दिनहरू भन्दा बढी सरसफाई र खानपानमा विशेष ध्यान दिन जरुरी छ भनी पढाउनु भएको थियो ।
मन भरी अब म परीक्षा दिन जान पाउँदिनकी भन्ने डर मात्र थियो महिनावारी हुने बित्तिकै ममीलाई म त मिन्स भए अब के गर्ने परीक्षा त जसै दिन जाने हो भन्दै रुन लागे। ममी एकछिन केही बोल्नै सक्नुभएन। पहिले त निवेदन दिए परीक्षा पछि दिन पाइन्छ स्कूल नजा भन्नुभयो। म त जसै परीक्षा दिन जाने हो भन्दै जिद्दी गरेपछि पख म हजुरबा आमालाई सोधेर आउँछु भन्नुभयो। त्यो पर्खाइको क्षण सारै लामो थियो। मनमनै भगवान संग प्राथना गर्दै बसेको थिए परीक्षा दिन पाउ भनी। ममीलाई नि घरपरिवार समाजप्रति पनि डर नै थियो। पहिलो पटक नछुने हुँदा छोरीलाई लुकाइन भन्दै सबै कुरा काट्न पछि पर्दैनथे। भगवानको श्राप वा पाप भन्दा पनि समाजको मुख टाल्न पनि  मानिसहरू अन्धविश्वास नै पालना गरिरहेका पो हुन कि लाग्छ। एकछिनको पर्खाइ पछि ममीले परीक्षा दिन जा भन्दा ममिको त्यो आँट,अन्धविश्वासको बन्धन तोड्न सकेकोमा ठूलै विजय हासिल भएको महसूस भएको थियो ।
तर मनमा भने कता कता डर रहिरहेको थियो कि कतै पाप लाग्ने काम त गरिन भन्दै।
तर हामी पढेर शिक्षित भएर पनि यी अन्धविश्वास तोड्न सकिएन भने सैदान्तिक ज्ञान भएर मात्र के अर्थ रह्यो र! परिवर्तनको सुरुवात आफू र आफ्नो परिवार बाट नै गर्नु पर्दछ। तब मात्र त्यसको प्रभाव समाज अनि राष्ट्रमा पर्दछ।
अझै पनि ग्रामीण भेगका महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्दछन। जसले उनीहरूको गुप्ताङ्गमा संक्रमणको समस्या बढी देखिन्छ जसले प्रजनन अङ्गमा संक्रमण भई पाठेघरको क्यान्सर सम्म हुने सम्भावना हुन्छ।
अझ नेपालको पश्चिमी भेगतिर महिलाहरुको अवस्था अझ नाजुक छ। उनीहरूलाई छुट्टै छाउगोठमा लगेर राखिन्छ, जहाँ सर्पको टोकाइ लगायतका अन्य कारणले कयौ महिलाहरुको ज्यान समेत गएको छ। उनीहरू कसै कसैले कपडाको प्रयोग पनि गर्दैनन् गरे भनेनि उक्त कपडा धोएर घाममा सुकाउन हुँदैन भनी अध्यारोमा राख्छन र पुनः त्यही कपडा प्रयोग गर्दा संक्रमण हुने डर बढी हुन्छ ।
महिनावारीको समयमा पहिले पुर्खाको चलन सबै नराम्रो भन्न खोजिएको पनि होइन। त्यो बेला खाना बनाउन भान्सामा जान नहुँदा, सेनितारी प्याड को व्यवस्था नभएको हुँदा फोहोर हुने हुँदा छुट्टै बस्दा पनि विशेष आराम पनि हुने गर्दछ। तर कोहीलाई छुनै नहुने कस्तो अन्धविश्वास हो? छोई हाले पनि सुनपानी छरकेसि ठीक हुने रे!
महिनावारीको समयमा सफा सुती कपडा वा सेनितरी प्याडको प्रयोग गर्नुपर्छ,जुन ४देखि ६घण्टामा परिवर्तन गरिनुपर्छ। सामान्य  दिनहरू भन्दा सरसफाइमा विशेष ख्याल गर्ने, झोलिलो खानेकुरा,फलफूलको प्रयोग तथा विशेष आराम को जरुरी पर्दछ  नाकी भुईमा सुताउने,झन् बाहिरको गार्हो गार्हो काम लगाउनु हुँदैन।
हुनत समय अहिले धेरै परिवर्तन भइसकेको छ। मानिसहरू धेरैनै सचेत भइसकेका छन्।भगवानको पूजा बाहेक सबै कार्यहरू गर्दै आएको कुरा साथीहरु माझ छलफल भईराख्दछ। अझै पनि ग्रामीण भेगको महिलाहरुलाई अझै केही सचेतना दिनु जरुरी छ ।केही संस्था,महानगरपालिका र गाउँपालिकाले केही सरकारी विद्यालयमा निःशुल्क सेनितरी प्याड वितरण गरेको कार्य उल्लेखनीय छ। सरकारले सम्पूर्ण सर्वसाधाणलागि पनि निःशुल्क सेनिटरि प्याडको व्यवस्था गरिदिन सके सम्पूर्ण नारीहरू महिनावारी हुँदा निर्धक्क आफ्नो सानो तिनो काम गर्न कुनै असहजता हुने थिएन। आफ्नो स्वास्थ्य र सरसफाईमा ध्यान दिए अरु सबै काम गर्दा कुनै बन्धन महिनावारीले गर्दछ जस्तो लाग्दैन।
सबै काम सकी सकेर टिका लगाउने समयमा नछुने भए पीडा
मनमा छदै छ त्यसैमाथि आजकलको केटीहरु केही बर्दैनन्, सब सम्मै गर्दछन अनि त्यही पाप लागेको हो अनि चाडवाड पूजामा नछुने हुन्छन् भन्दै कुरा गर्दै गरेकी बुढी आमाको कुरा छुसुक्क सुन्दा मनै भारी हुन्छ। खै कसरी बुझाउ उहाहरूलाई यो मासिक चक्र  हो भनी। त्यस ४ दिन हामी नारीहरू अछुतो नै रहन्छौ होला र?हामी मन्दिर गई भगवानको पूजा नगरौला तर सरसफाई भएर टिका लगाउँदा हामीलाई पाप लाग्छ होला र? वर्षदिनको चाडमा टिका लगाई आशीर्वाद लिँदा धर्मसंस्कृतिको विरोध गरेका हुन्छ होला र? आखिर यो अन्धविश्वासमा कहिले सम्म रुमालिरख्ने हामी?

लेखक अधिकारी,श्री त्रिभुवन शान्ति नमूना मा. वि को शिक्षक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८१ शनिबार 4 Views

Online Spor Bahisleri Şirketi Empieza Casin

  जेठ ५, २०८१ शनिबार 5 Views

Aviator Oyna ᐈ Aviator Giriş, Aviator’ı Kayıt Olmadan Ücretsiz Oynayı

  जेठ ४, २०८१ शुक्रबार 4 Views

“22bet Magyarország Hivatalos 22bet Webolda

  जेठ ४, २०८१ शुक्रबार 5 Views

Mobil Versiyon Apk Ve Ios Için Mostbet Uygulamas

  जेठ ४, २०८१ शुक्रबार 5 Views

10 Лучших Онлайн Слотов ️ Лучшие Слоты【2024

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दुर्गमको उत्कृष्ट विद्यालय : बुद्ध आवि, कसरी सम्भव भयो ?


TOP