किताब पढ्नुको १७ फाइदा : प्रेम र काम बासनाको अन्तर बुझिन्छ ! – Sarangi News

किताब पढ्नुको १७ फाइदा😍

जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः

१. गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !
२. बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !
३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !
४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !
५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !
६. आमा-बुबाको मूल्य बुझिन्छ !
७. ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !
८. सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !
९. प्रेम र काम बासनाको अन्तर बुझिन्छ !
१०. स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !
११. यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !
११. जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !
१२. जिबनमा शिक्षाको महत्व बुझिन्छ !
१३. फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !
१४. धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !
१५. हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !
१६. यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !
१७. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय-समयमा आफ्नो चश्मा सफा गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।


TOP