प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान प्रदान गरिने – Sarangi News

पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो ।

पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसका अलावा प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । तिसको दशकदेखि नै साहित्य साधनामा क्रियाशील प्रकटका चुलेसीमा…, वर ढले पीपल एक्लै… लगायत दर्जनौँ गीत चर्चित छन् ।

पगेनीलाई गीतकार प्रतिष्ठानले असोज २९ गते शनिबार पोखरामा आफ्नो दोस्रो साधारण सभासँगै सम्मान गर्ने कार्यक्रम रहेको सचिव अनुराग अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले गीतकारहरूको हकहितका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सोही अवसरमा आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिने पनि उनको भनाइ छ । २०७७ मा स्थापित प्रतिष्ठानले यसअघि गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP