रमाइलो तिहार(बालकविता) – Sarangi News

बालकविताः रमाइलो तिहार

आउनु है दाजु छिट्टै
जहाँ भए पनि।
म त कुर्दै बसेकी छु
दिन गनी गनी।

सयपत्री मखमली
फुले ढकमक।
त्यसै वैली गयो भने
रोइदिन्छु म त।

सप्तरङ्गी टीका जम्मा
गरेकी छु मैले।
आऊ दाजु तिहारको
टीका भन्दा पैले।

माला उन्ने तरिका नि
सिकेकी छु मैले।
सप्तरङ्गी टीका भर्न
जानेकी हुँ ऐले।

सङ्घारमा ओखर दाना
फोर्नु पर्छ पैला।
शत्रु नास हुन्छन् अरे
जान्छ फोहर मैला।

आमा बाबा खुसी होलान्
म त अझै खुसी।
त्यै खुसीमा टीका लाउँला
आँगनमा बसी।

कुकुर अनि गाई,गोरु
काग पूजा गर्ने।
तिहारको बेला आयो
खुसियाली भर्ने।

देउसी भैलो खेल्नु पर्छ
सँगै मिलिजुली।
वल्लो पल्लो घर अनि
छिमेकमा डुली।

आऊ दाजु रमाउँला
सँगै बसी ऐले।
यो सालको तिहारको
टीकाभन्दा पैले।

मध्यनेपाल ७,रामबजार,
लमजुङ 

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 168 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

  अषोज ९, २०८० मंगलबार 26 Views

सम्झना थापा मगरका रोज्जा मुक्तक

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP