नेपाल राष्ट्रिय शिक्षक सङ‍्गठन मादी गापाको शुभकामना आदानप्रदान सम्पन्न – Sarangi News

जुना थापा, पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकाले नेपालीहरुको महान पर्व तिहार तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकाका अध्यक्ष   चन्द्रमणि अधिकारीले तिहार तथा छट पर्वको शुभकामना दिँदै नेराशिसंको स्थापना शिक्षकको हकहित र अधिकारका लागि मात्र स्थापना नभएको, गुणस्तरीय शिक्षा र शैक्षिक सुशासनका लागि पनि भएको भन्दै आफ्नो कर्मथलोमा क्रियाशीलता पूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल शिक्षक महासँघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारी,पेसागत महासंघ कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, महाधिवेशन प्रतिनिधि विष्णुप्रसाद पौडेल ,नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गरुङ, नेराशिसं कास्कीका सचिव तीर्थराज ढकाल, नेराशिसंघ मादी गापाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पोखरा महानगर वडा नम्बर १३ पाटनबेंसी दुधपोखरी चोकमा भएको कार्यक्रमको अध्यक्षता नेराशिसं मादी गापाका अध्यक्ष चन्द्रमणि अधिकारीले गरेका थिए भने सञ्चालन सचिव नारायण सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP