खतिवडाको समालोचनात्मक कृति परिचर्चा लोकार्पण – Sarangi News

चितवन । रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक ‘परिचर्चा’ शनिबार इच्छाकामना– ३, चुम्लिङटारमा लोकार्पण गरिएको छ । १० ओटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएको समालोचनात्मक पुस्तकमा विविध विधाका १२ ओटा समालोचनात्मक लेखहरू समेटिएका छन् ।

पुस्तकको विमोचन कवि कृष्णप्रसाद पोखरेल, गोविन्दप्रसाद पौडेल, एकराज शर्मा, अनिल श्रेष्ठले गर्नुभयो । गोविन्दप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कवि कृष्णप्रसाद पोखरेलले युवा समालोचक रमेश खतिवडा सानै उमेरमा नेपाली साहित्यका विविध विधामा कलम चलाउने व्यक्तित्व रहेको टिप्पणी गर्नुभयो ।

परिचर्चा समीक्षासङ्ग्रहमाथि टिप्पणी गर्दै समालोचक तेजविलास अधिकारीले समालोचनात्मक पुस्तकले युवा कवि एवम् कथाकार रञ्जन घिमिरेदेखि स्थापित छन्द कवि कृष्णप्रसाद पोखरेलको कृतित्व र व्यक्तित्त्वलाई समेत उजिल्याउँदै स्रष्टाहरूका सृजनात्मक चेतलाई मसिनो ढङ्गले केलाएर  कृतिपठनबाट नयाँ ढङ्गको बहस विवेचनाको थालनी गर्नुभएको बताउनुभयो । कार्यक्रममा बालकविहरू आयाम अधिकारी, प्राप्ति पोखरेलले बालकविता प्रस्तुत गर्नुभयो भने नारायण पौडेल, रामनाथ त्रिपाठी, श्रीरेन्द्रप्रकाश पोखरेल आदि स्रष्टाहरूले कविता वाचन गर्नुभयो । नारायण पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा समालोचक रमेश खतिवडाले आफ्नो समालोचना यात्राका बारेमा विचार राख्नुभयो । कार्यक्रममा लेखकलाई माधवप्रसाद खनाल, एकराज शर्मा, श्रीरेन्द्रप्रकाश पोखरेल, अनिल श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, शिव पौडेल, नारायण भट्टराई, रामप्रसाद पौडेल, हिमलाल अधिकारी, रामकृष्ण पौडेल, सङ्गीता पोखरेल आदिले शुभकामना व्यक्त गर्नुभयो । धादिङ, तनहुँ, चितवन र गोरखाका तीन दर्जन स्रष्टा र साहित्यानुरागीहरूको उपस्थिति रहेको सो कार्यक्रममा ईश्वरविलास अधिकारीले स्वागत मन्तव्य र वैकुण्ठप्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP