फूलबारी शान्तिपथ टोलविकास संस्थाको अध्यक्षमा दयासागर, सचिवमा अनुराग – Sarangi News

पोखरा । फूलबारी शान्तिपथ टोल विकास संस्था, पोखरा– १२ को आठौं अधिवेशन तथा १६ औं साधारण सभाबाट दयासागर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
संस्थाको उपाध्यक्षमा पदम भण्डारी, सचिवमा अनुराग अधिकारी, सहसचिवमा प्रेमप्रसाद श्रेष्ठ र कोषाध्यक्ष बुद्धिप्रसाद सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरूमा पदमप्रसाद गौतम, रविन्द्रराज पौडेल, श्रीप्रसाद कोइराला, पदम रेग्मी, मनु नेपाली, देवी शाही ठकुरी, डिलमाया गुरुङ, मनिराज श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले वडासँग बजेटको कमी नभएकाले राम्रा कार्यक्रम ल्याएमा टोललाई सहयोग गर्ने बताए । उनले वडाले वृद्धवृद्धाहरूको सामान्य स्वास्थ्य उपचार घरघरमा नै गएर तथा महिलाहरूलाई क्षमता अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने बताए । उनले २ छोरी मात्र जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई रु ५० हजार प्रदान गर्ने वडाको योजना रहेको जानकारी दिए ।
पोखरा १२ का निवर्तमान वडा अध्यक्ष रामबहादुर कार्कीले आफ्नो कार्यकालमा शान्तिपथ टोलको विकासमा विशेष योगदान गरेको स्मरण गरे । पूर्व एस. पी. नरेशबहादुर कार्कीले चापापानी खानेपानी उपभोक्ता समितिको सम्पूर्ण रकम शान्तिपथ टोलविकास संस्थाको कोषमा जम्मा गरिदिने बताए । नव निर्वाचित अध्यक्ष दयासागर लामिछानेले सबैको साथ सहयोग लिएर अगाडि बढ्ने कुरामा जोड दिए ।
संस्थाका अध्यक्ष पुण्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले संस्था स्थापना भएदेखि विभिन्न उतारचढाव भोग्दै संस्थालाई यहाँसम्म ल्याइपु¥याएको बताए । कार्यक्रममा संस्थामा विशेष योगदान दिने २४ जनालाई सम्मान गरिएको थियो । टोल सदस्य एवम् बाटो निर्माण समितिका संयोजक पदम भण्डारीले स्वागत मन्तव्य राखेका कार्यक्रममा कोषाध्यक्ष हितमान गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन अनुराग अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP