योनी चल्छ ,स्तन चल्छ किन ओठ चल्दैन ? – Sarangi News

बलराम तिमिल्सिना

*****

योनी चल्छ ,स्तन चल्छ ओठ चल्दैन !
रगत चल्छ पसिना चल्छ पानी चल्दैन !
मूर्ती घण्ट त्रिशूल चल्छ मान्छे चल्दैन !
दलितसँग तिम्रो किन पिरेम चल्दैन ?

गला चल्छ ,कला चल्छ प्रित चल्दैन !
दलितसँग नाता गाँस्ने रीत चल्दैन !
हेला चल्छ होचो चल्छ हीत चल्दैन !
घृणा चल्छ,दम्भ चल्छ धित चल्दैन !

भोट चल्छ, नोट चल्छ भात चल्दैन !
समाजमा किन हाम्रो जात चल्दैन ?
अहिले हाम्रो मुख अनि हात चल्दैन !
चल्यो भने सोच तिम्रो मात चल्दैन !

काउछाको लहरामा अङ्गुर फल्दैन !
तिम्रो काउछे दिमागमा प्रेम फल्दैन !
जैलेसम्म तिम्रो रोगी राज ढल्दैन !
मठ ,जग्गे ,र चुलामा दलित चल्दैन !

२०७९ कार्तिक २३
माइतीघर मण्डला

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८० शनिबार 70 Views

लघुकथाको ५५ औँ शृङ्खला

  मंग्सिर ९, २०८० शनिबार 167 Views

बालकविताः हजुरबाको चस्मा

  मंग्सिर ६, २०८० बुधबार 110 Views

बा आमाको माया (बालकविता)

  मंग्सिर ५, २०८० मंगलबार 201 Views

चिसो यामः बालकविता

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP