गुल्मीमा ६० प्रतिशत मत खस्याे, केही स्थानमा मतदान स्थगित, मतगणना प्रभावित – Sarangi News

गुल्मी ।  गुल्मिमा ६० प्रतिशत मतदान भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ । २ लाख २३ हजार ६ सय १५ मतदाता रहेको गुल्मीमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

गुल्मीको कालीगण्डकि गाउँपालिकामा भने ४९‍‍‌.७ प्रतिशत मतदान भएकाे छ ।  १४ हजार ७ सय ८१ मतदाता भएकाे गापामा जम्मा ७ हजार ३ सय ५८ मत खसेको छ । गाउँपालिकाको वार्ड न १ हर्मिचौर मा.विमा ११ सय ९५, वार्ड न २ दभौखानी मा.वि केन्द्रमा  ५ सय २३,वार्ड न ३ जयखानी मा.वि केन्द्रमा– २ सय ५८ वार्ड न ३ देबिस्थान प्रा.वि केन्द्रमा – २ सय ४३, वार्ड न ४ जिवनोद्वार मा.वि केन्द्रमा ८ सय ७८ ,वार्ड न ५ जनकल्याण मा.वि केन्द्रमा– एक हजार ७८,वार्ड न ७ दुर्गाभवन मा.वि केन्द्रमा – १४ सय ५८ मत खसेको छ ।

वार्ड न २ भगवती मा.वि केन्द्रमा भने मतदान स्थगित भएको छ । मतदान प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित हाम्रा सहकर्मी पुरन राजकोटि मगरले जानकारी दिए ।

यस्तै वाड नं. ६ अन्तगर्तका देउराली मावि केन्द्रमा जम्मा मतदाता संख्या १८ सय ८१ रहेकामा ९ सय ५१ मत खसेको र तुङ टोलाकोट आविकेन्द्रमा जम्मा मतदाता संख्या १ हजार ४८ रहेकामा ७ सय ७४ मत खसेको देउराली माविका सहायक प्रधानध्यापक कविराज ढकालले जानकारी दिनुभयो ।

 

गुल्मीको अर्वेनीमा मतदान स्थगित, मतगणना प्रभावित

दिउसो ३ बजेसम्म भएको मतदानमा ६६४ मत खसे पनि कर्मचारीले प्रतिनिधिसभाको मतपत्र दिने ठाउँमा प्रदेशको दिएपछि विवाद भएको हो ।
मतदाताले धेरै पटक यो विषय उठाएपछि स्थानीय दलका प्रतिनिधिहरूले नै यसलाई रोक्न माग गरेका थिए ।
विवाद बढेपछि यहाँ पुनः मतदान हुने गरी स्थगित भएको र आयोगसँगको समन्वयमा मिति तय गरिने गुल्मीका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।
अर्बेनीमा मतदान रोकिएपछि यो क्षेत्रको सबै ठाउँको मतगणना प्रभावित हुने भएको छ । गुल्मीका अन्य क्षेत्रमा भने शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको छ ।
यसै गरी मतदान केन्द्रमा बसेका कर्मचारीले मतपत्र उल्टो दिएपछि भएको विवाद ५ घण्टापछि समाधान भएर साँझ ६ बजे अर्घाखाँचीको खनमा मतदान सुरु भएको छ ।
मालारानी ३ को ख मतदान केन्द्रमा कर्मचारीकै गल्तीका कारण मतदाता झुक्किएको भन्दै विवाद बढेको थियो । जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण मतदान भएको छ । मतदान भएको छ भने एक ठाउँमा रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP